जंगलमा विभत्स अवस्थामा भेटिएकी भागरथी भट्टको शंकास्पद मृत्युबारे के भन्छन् प्रहरी अधिकारी?

लोकपथ
0
Shares

काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका – ७ लवलेक सामुदायिक वनमा विभत्स अवस्थामा भेटिएकी मृतक १७ वर्षीया भागरथी भट्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ ।

बुधवारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा बिहीबार साँझ शङ्कास्पद रूपमा वनमा विभत्स अवस्थामा उनको शव भेटिएको थियो । १७ वर्षिया किशोरी भट्टको टाउकोमा चोट लागेको र योनीबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीका अनुसार घटनास्थल नजिकै उनको मोबाईल फोन पनि भेटिएको छ ।

गत बुधबार घरबाट विद्यालय गएकी भट्ट घर नफर्केपछि परिवार र गाउँलेले उनको खोजी गरेका थिए ।

”घटनाबारे प्रहरीसम्म जानकारी आयो । खोजी गर्दा उनको शव जंगलमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक जनक बहादुर धामीले लोकपथलाई दिएको जानकारी अनुसार घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको हुनसक्ने देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । अनुसन्धान भइरहेको कारण थप पुष्टि भएपछि जानकारी दिनेछौँ । उनले थपे, “मृतकको शरीरभरि निलडाम, टाउकोमा चोट , कपडा च्यातिएको, योनीबाट रगत बगिरहेको अवस्थामा शव जंगलमा भेटिएको छ । पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ । घटनाको विस्तृत अध्ययन गर्नका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत लगिएको थियो ।”

किशोरी भट्ट बुधबार विद्यालयमा उपस्थित रहेको कारण सोही दिन यो घटना भएको हुनसक्ने उनी अध्ययनरत सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ ।

घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोती बम बताउँछन्। “जङ्गलको बीचमा शव फेला परेको छ, कपडा खोलेको अवस्थामा शव भेटिएको छ, थप कुरा अन्य अनुसन्धानका रिपोर्टपछि थाहा हुन्छ” घटनास्थललाई सुरक्षित पारिएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।

किशोरी खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनका बुबाको दुई महिना पहिले निधन भएको थियो । उनको मृत्युले आमा विक्षिप्त छिन् भने गाउँ नै शोकमा डुबेको छ ।

यसैबीच किशोरी घटनाबारे सत्यतथ्य छानबिन गरि दोषीलाई यथाशीघ्र कानूनी कारवाहीको दायरामा ल्याउन विद्यार्थी संगठनहरूले माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?