२८ जेष्ठ २०८०, आईतवार

डीएसपी ढुंगेलले पाए सफाइ

२०७७,माघ,२३,शुक्रवार २०:०९

0
Shares

काठमाडौँ– नेपाल प्रहरीका डिएसपी कुमुद ढुंगेलले सफाइ पाएका छन् ।

शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको संयुक्त इजलासले उनलाई साधारण तारेखमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको हो ।

लुटपाटमा संलग्न गिरोह परिचालन गरेको अभियोगमा उनले सफाई पाएका हुन् । उनलाई यसअघि उच्च अदालतले धरौटी लिने भनि गरेको आदेश सर्वोच्चले बदर गरिदिएको हो।

०७७ असार पहिलो साता जिल्ला अदालत काठमाडौंले डिएसपी ढुंगेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो । तर सो आदेश विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिएको थियो । उच्च अदालतले ढुंगेलसँग १ लाख धरौटी मागेपछि उनी सर्वोच्च पुगेका थिए ।

उच्च अदालतको आदेश बेरितको देखिएको भन्दै सर्वोच्चले जिल्ला अदालतको आदेश सदर गरेको हो । ०७५ चैतमा रानीवारी स्थित एक घरमा भएको लुटपाटमा संलग्न लुटेरालाई ढुंगेलले परिचालन गरेको आरोप लागेको थियो भने सोविरुद्ध महानगरीय अपराध महाशाखाले प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

कतिपयले संगठनभित्रको अस्वस्थ प्रतिस्पर्धाकै कारण ढुंगेललाई फसाइएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार २०:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

मंगलबारे । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०