१४ जेष्ठ २०८०, आईतवार

कांग्रेसले नेपाल बन्द नगर्ने, प्रदर्शनलाई व्यापक बनाउने

२०७७,माघ,२३,शुक्रवार १९:४८

0
Shares

काठमाडौं- नेपाली कांग्रेसले संसद विघटनको असंवैधानिक कदमविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न आफूहरु प्रतिबद्ध रहेको जनाएका छन् ।

‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन कांग्रेसले अपिल गरेको छ । शनिबार कांग्रेस सम्बद्ध भातृ संस्थाको प्रदर्शन हुने जानकारी दिएका छन् । कांग्रेसले आगामी फागुन तीन गते ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएकाले त्यसमा सबैको सहभागीताका लागि नेता शर्माले विज्ञप्तिमार्फत अपिल गरेका हुन् ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १९:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भुमिराज पिठातोली- बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०