२२ जेष्ठ २०८०, सोमवार

प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर, नापी कार्यालय प्रमुख रंगेहात पक्राउ

२०७७,माघ,२३,शुक्रवार २१:३३

0
Shares

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रका कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग प्रहरी हवल्दार भण्डारीमाथि लागेको छ । आयोगले केही दिन पहिले भण्डारीलाई घुससहित पक्राउ गरेको थियो ।

आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो । यस्तै आयोगले सप्तरी नापी कार्यालयमा कार्यरत निमित्त कार्यालय प्रमुख हरिचन्द्रर ठाकुरलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ । जग्गाको कित्ताकाट गरिदिने भनी लेखापढी व्यवसायी अरुणुकमार यादवमार्फत ठाकुरले घुस मागेको आयोगको आरोप छ ।

आयोगको इटहरीबाट गएको टोलीले ठाकुरलाई नापी कार्यालयसँगैको चियाखाजा पसलबाट आज पक्राउ गरेको हो । आरोपीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार २१:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

मोरंग । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा

काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०