काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित संविधान नभएको बेलायतका प्रधानमन्त्रीले संसद भंग गरेझैँ आफूले गरेको बताएका छन् ।
यसको जवाफमा नेता रावलले त्यहाँ कानूनहरु रहेको र अभ्यास गरिएको परम्परा केपीजीले संविधान मिचेझैँ नमिच्ने गरेको बताएका छन् ।
प्रमं केपी ओलीले लिखित संविधान नभएको बेलायतका प्रमंले संसद भंग गरेझै आफुले गरेको भन्नुभयो।त्यहाँ कानूनहरू छन् र अभ्यास गरिएको परम्परा केपीजीले संविधान मिचेझैं मिचिदैनन् ।प्रमं केपीजीले नेपाल र बेलायतको प्रणाली उस्तै भएको भन्ने तर्क दिइरहँदा यी प्रश्नहरूको जवाफ जनतालाई दिनुहोस्: pic.twitter.com/qOiN7IDwoq
— Bhim Rawal, PhD (@BhimRawal179) February 5, 2021
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता रावलले भने, ‘प्रमं केपी ओलीले लिखित संविधान नभएको बेलायतका प्रमंले संसद भंग गरेझै आफुले गरेको भन्नुभयो।त्यहाँ कानूनहरू छन् र अभ्यास गरिएको परम्परा केपीजीले संविधान मिचेझैं मिचिदैनन् । प्रमं केपीजीले नेपाल र बेलायतको प्रणाली उस्तै भएको भन्ने तर्क दिइरहँदा यी प्रश्नहरूको जवाफ जनतालाई दिनुहोस् ।’