रुट करियरको १०० औँ टेस्टमा शतक हान्ने विश्वका नवौँ खेलाडी

काठमाडौं । भारत र इंग्ल्याण्डको बीचमा चेन्नईमा पहिलो टेस्ट भइरहेको छ ।

पहिलो दिनको खेल सकिँदा इंग्ल्याण्डले ३ विकेट गुमाएर २६३ रन बनाएको छ । दिनको अन्तिम ओभरमा जसप्रीत बुमराहले डोमनिक सिबलीलाई एलबीडब्ल्यू आउट गरे ।

कप्तान जो रुटले १२८ रनको स्कोर बनाएर नटआउट रहे ।

रुटले टेस्ट करियरमा १०० औँ टेस्टमा शतक प्हार गरे ।

योसँगै उनी १०० औँ टेस्टमा शतक प्रहार गर्ने विश्वका ९ औँ खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?