काठमाडौंमा विशाल सभा मैदान आवश्यक छ, नत्र मुल वक्ताको अनुहार नहेरी फर्किनु पर्ला : गोकुल बास्कोटा

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले काठमाडौंमा एउटा विशाल सभा मैदान तत्काल बनाउन थाल्नुपर्ने आवश्यक रहेको बताएका छन् ।

उनले आज आली पक्षधरले काठमाडौंको दरवार मार्गमा गरेको आम जनसभामा मानिसहरु बाक्लो उपस्थिती रहेको इंगित गर्दै यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आजको जनसभापछि तपाईंहरुले के सोच्नु भो म भन्न सक्दिन। मैले सोचेँ, अब काठमाण्डौले एउटा विशाल सभा मैदान तत्कालै बनाउन थाल्नु पर्ने देखियो नत्र मुलवक्त्ताको प्रत्यक्ष अनुहार नै नदेखि सहभागी हरु फर्कनु पर्ने भईरहने भो, सभा कत्रो भो ? बहश गर्नेलाई छुट छँदैछ नि कुतर्क गर्नलाई।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?