काठमाडौं । भारत र इंग्ल्याण्डबीच चेन्नईमा पहिलो टेस्टको पहिलो दिनको खेल जारी छ । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले २ विकेट गुमाएर २४६ रन बनाएको छ ।
अहिलेसम्म ८१.४ ओभरको खेल सकिएको छ ।
रुटले टेस्ट करियरमा २० औँ शतक प्रहार गरेका छन् । उनले लगातार तेश्रो टेस्टमा पनि शतक प्रहार गरेका छन् ।
यो भन्दा पहिला रुटले श्रीलंकाविरुद्ध पछिल्ला २ टेस्टमा डबल शतक प्रहार गरेका थिए ।
त्यस्तै डम सिब्लेले ८५ रन बनाएर खेलिरहेका छन् भने रुटले ११४ रन बनाएर खेलिरहेका छन् ।