काठमाडौं । बिहीवार कंगनालाई कारवाही गर्दै सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरले उनका केहि विवादित ट्वटि डिलिट गरिदियो । रिपोर्टमा कंगनाले यसै प्रकारले विवादित ट्वीट गरेमा उनको अकाउण्ट पनि सस्पेण्ड हुने बताइएको छ ।
यसमा बलिउड अभिनेत्री कंगना रनौतले आक्रोश व्यक्त गरेकी छन् ।
उनले माइक्रोब्लगिंग साइटलाई चीनको कठपुतली बताएकी छन् ।
उनले लेखेकी छन्, ‘चीनको हातको कठपुतली ट्वीटर मेरो अकाउण्ड सस्पेण्ड गर्ने धमकी दिइरहेको छ, जब कि मैले कुनै पनि नियमको उल्लंघन गरेको छैन, याद राख, जुन दिन म जान्छु तँलाई साथमा लिएर जानेछु, बिल्कुल चिनियाँ टिकटक जस्तै तँ पनि प्रतबिन्धित हुनेछस् ।’