२६ जेष्ठ २०८०, शुक्रवार

१० हजार निकालेर घर बनाउन नसक्नेको घरको बीमा गर्ने वातावरण बन्नुपर्छ : अध्यक्ष सिलवाल

२०७७,माघ,२३,शुक्रवार १५:३४

0
Shares

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले आफ्नो घर बनाउन १० लाख निकाल्न नसक्नेहरुको घरसम्म बीमाको पहुँच हुनुपर्ने बताएका छन् ।

बीमा समितिमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । ‘एउटा छुपडिमा बस्ने मानिसले घरको बीमा गर्न सक्दैन, उसले १० हजार निकालेर बीमा गर्न सक्दैन, त्यो १० हजारको जोहो गर्न सक्ने ठाउँमा हामी छौँ ।’ अध्यक्ष सिलवालले भने । उनले ग्रामिण क्षेत्रमा दुई छाक खान समस्या भएको मानिसको पहुँचमा पनि बीमा पुग्नुपर्ने बताए । बीमा क्षेत्रमा अर्बपतिलाई मात्रै होइन, झुपडीहरुमा बस्नेलाई पनि समेट्न सक्नुपर्ने बताए ।

उनले गाउँका ९५ प्रतिशत मानिसलाई बीमाका बारेमा जानकारी नभएकाले त्यस्ता स्थानमा बीमाको पहुँच पुर्‍याउन अनिवार्य भएको बताए ।

समितिको काम बीमाको पहुँच नभएको स्थानमा पुग्ने हो भन्दै त्यसका लागि के के गर्नु पर्ने हो समिति तयार रहेको बताए । उनले बीमा क्षेत्रमा समस्याको डङगुर भएपनि समाधानका लागि तयार रहेको बताए । अध्यक्ष सिलवालले बीमा क्षेत्रलाई नियन्त्रण भन्दा पनि व्यवस्था महत्वपूर्ण भएकाले व्यवस्थापनमा विशेष ध्यान दिने बताएका छन् ।

त्यस्तै, उनले कानूनको उल्लंघन गरेर अख्तियारसम्म नपुग्न सबैलाई आग्रह गरेका छन् । बीमा क्षेत्रका सबै पक्षको बारेमा आँफुलाई जानकारी नभएपनि अर्थतन्त्रका अधिकांश विषयमा आँफु जानकार रहेकाले बीमा क्षेत्रलाई राम्रोसँग अगाडी बढाउनेमा आफ्नो प्रयास रहने बताए ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १५:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आपिओ

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ । उक्त सम्झौता अन्र्तगत

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३