२२ जेष्ठ २०८०, सोमवार

भाषणमै नारा लगाउँदै ओलीले भने- जनता के भन्छ ?

२०७७,माघ,२३,शुक्रवार १५:२१

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी अगाडिको जनसभालाई सम्बोधन गर्दै जनताले चुनाव चाहेको बताएका छन् । उनले सभामा सहभागिलाई नारा लगाएको शैलीमा सोध्दै भने–अस्थिरता होइन, जनता के चाहन्छ ? जनता के चाहन्छ ?’ ओलीको प्रश्नात्मक भीडबाट नेता कार्यकर्ताले भने, ‘चुनाव चाहियो….!’

त्यसपछि ओलीले उत्साहित हुँदै अब अस्थिरता होइन जनताले चुनाव चाहिएको भन्दै देश चुनावमा होमिएको बताए । उनले देश चुनावतर्फ गएको भन्दै कसको नेतृत्वमा सरकार बन्छ भन्ने जनताले नै फैसला गर्ने बताए । ‘अब देशक चुनावतिर गयो गयो सबै कुरा चुनावले फैसला गर्छ ’, उनले भने । सो क्रममा नेता कार्यकर्ताले ओलीको समर्थनको व्यापक नाराबाजी गरेका थिए ।

नाराबाजी लामो समयसम्म गएपछि ओलीले शान्त रहन आग्रह गरेका थिए । २–४ जना मान्छेले पार्टी छाडर गएपछि आयोगहरु बन्यो । चुनाव भएको ३ वर्षपछि आयोग बन्यो जब दुई चार जना मान्छे पार्टी छाडेर बाहिर गए । ति मान्छे हुँदासम्म हामीले अयोग बनाउन सकेनौँ । आयोग बनकोको मात्रा पिर । अयोग बनेको भोलिपल्ट नेपाल बन्द । दलितको, मधेसीको समस्या उठाउँनै नहुने । पिछडिएको वर्गको नामा राजनति गर्ने तर आयोग बनाउँदा विरोध गर्ने ।

उनले यो सरकार ५ वर्षका लागि भन्दा प्रचण्ड–नेपाल समूहले केपी ओलीलाई हटाउनु पर्छ भन्नेमा लागेको पनि आरोप लगाए । केपी ओलीलाई हटाएर स्थायित्व हुन सक्दैन । प्रचण्ड–नेपाल आफ्नो स्वार्थका लागि सरकार र संसदलाई ठीक ढंगले चल्न नदिएको बताए ।

पहिलेकै जस्तो किनबेच र समीकरणको राजनीति प्रचण्ड नेपाल समूहले गरेको पनि ओलीले आरोप लगाए । काम गर्नै नसक्ने अवस्था भएपछि ताजा जनादेशको लागि आफू अघि बढको पनि बर्ताए ।

 

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १५:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०