काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्तिको विरुद्धमा परेको रिटमाथि विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।
शुक्रवार (आज) न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा परेको नियुक्तिको विषयमा सरकारसँग १५ दिनभित्र कारण पेश गर्न माग गरेको हो ।
संसद नै विघटन भएका बेला संवैधानिक सुनुवाइ बिनानै संवैधानिक निकायहरुमा नियुक्ति र सपथ भएको बताउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकारले संविधान विपरीत संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको दाबी गर्दै उक्त अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको उल्लेख गरेका थिए ।
उक्त रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ ।
त्यस्तै संवैधानिक परिषद्मा गरिएका नियुक्तिविरुद्ध शुक्रवार (आज) सभामुख अग्निप्रसाद सापकोटाले पनि रिट दायर गरेका छन् ।
यद्यपी बुधवार नै विभिन्न ११ संवैधानिक निकायहरुमा नियुक्त भएका ३२ जना पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ भने लिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया