तानाशाह बन्ने सपना देखेको भए निरंकुशतन्त्र ढल्छ : भिम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका नेता भिम रावलले
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आज आयोजना गरिएको बृहत सभामा दिएको अभिव्यक्तिले प्रधानमन्त्री केपी ओली निरंकुशता तर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रावलले केपी ओली तानाशाह बन्ने सपना देखिरहेको आरोप लगाएका हुन् ।

उनले अगाडी भनेका छन्, “प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।”

नेता रावलले केपी ओलीको तानाशाह बन्ने दुस्स्वप्ना र निरंकुशतन्त्र ढल्ने पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?