२२ जेष्ठ २०८०, सोमवार

प्रधानमन्त्री ओलीको दाबी- ‘आजको कार्यक्रम इतिहासकै ठूलो हो’

२०७७,माघ,२३,शुक्रवार १४:४७

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार प्रचण्ड-नेपाल पक्षको आन्दोलनको क्षतिलाई सरकारले भरपाई गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । राजधानिमा आयोजित नेकपा ओली पक्षको बृहत जनसभालाई सम्बोधन गर्दै त्यस्तो बताएका छन् ।

“आन्दोलनमा जुन क्षती भएको छ । त्यो क्षतिपूर्ती सरकारले दिन्छ । गरिबको नोक्सान भएको कुरा सरकारले दिन्छ । ट्याक्सी इन्सुरेन्स भएको भए दिन्छ नत्र हामी इन्सोरेन्स कम्पनीलाई दिन लगाउँछौ ।” प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै प्रचण्ड-नेपाल पक्षले मांसाहारी आन्दोलनको घोषणा गरेको भन्दै मांसाहारी आन्दोलन भनेको के हो ? भन्दै प्रश्न गरेका छन् । “मांसाहारी आन्दोलन भनेको के हो ? चिकेन चिल्लि खान्छु भनेको हो ?” प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आज ओली पक्षले गरेको आन्दोलन नै इतिहासकै ठूलो भएको दाबी गरेका छन् । तर उक्त जनसभामा आउने मानिसहरुलाई रोक्न प्रचण्ड-नेपाल पक्षले बाटोमा खाल्डो बनाइदिएको र बम राखेको टिप्पणी गरे । जसको जस आफूले लिन नसकेको भन्दै विप्लवको नाम लेखिदिएको भन्दै आफूले गरेको कामको जस लिन समेत चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले भने- “आफूले बम राखेर आफ्नो परिचय दिन नसक्ने । आफूले गरेको कामको जिम्मा लिनुस् न ।”

त्यस्तै शान्तीलाई मन पराउनेहरुलाई सरकारलाई माया गर्ने बताएका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १४:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०