नारायणहिटीमा गुञ्जियो ‘एकता तोडेर नजाउ साथी हो…’

काठमाडौं – यी शहीदको रगतले पोल्छ हामीलाई
यी घाइतेको आँशुले पोल्छ हामीलाई
अभियान छोडेर नजाउ साथी हो
एकता तोडेर नजाउ साथी हो…

यो गीत यतिबेला काठमाडौंको दरबारमार्गमा गुञ्जिरहेको छ । नेकपा ओली पक्षले आज शुक्रवार काठमाडौं दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि जनसभा आयोजना गरेको छ । सोही जनसभालाई नेताहरुले सम्बोधन गरिरहेका छन् । यतिबेला कलाकारले यहि गीत गाएर मनोरञ्जन दिइरहेका छन् ।
आमसभामा सम्बोधन गर्दै कसले के भने ? 

प्रचण्ड-नेपाल पक्षले मुलुकमा फेरि अराजकता सिर्जना गर्न खोजे  : ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षीय नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–माधव पक्षले मुलुकमा फेरि अराजकता सिर्जना गर्न खोजेको बताएका छन् ।

नेता पोखरेलले ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको अवस्थामा केही तत्वहरु निर्वाचन नगर्न भन्दै निर्वाचन आयेग पुगेर निर्वाचन नगर्न धम्की दिएर अस्थिरता मच्चाउन खोजिरहेको बताएका हुन् । ‘सम्पुर्ण चिजको फैसला गर्ने जनता भएकाले ताजा जनादेशका लागि जान प्रमले ऐतिहासिक घोषणा गर्नुभयो । हामी त्यही अभियानमा लागिरहेका छौ’ पोखरेलले भने, ‘उहाँहरुले जुन अराजकता निम्त्याउन, आर्थिक विकासमा कमजोर बनाउन कुनै हालतमा सफल हुन दिने छैनौ ।’

संविधानको रक्षा र आर्थिक सम्मृद्धिका लागि पार्टी एकता गरेपनि त्यो सफल हुन नदिन प्रचण्ड माधव पक्ष लागिरहेको आरोप पोखरेलको भनाई छ । ‘कम्युनिस्ट पार्टीलाई एक बनायौ लामो समयदेखि जनताले चाहेको राजनीतिक स्थायित्व, सम्मृद्धिको बाटो खुल्छ, संविधानको रक्षा हुन्छ भनेर सोचेपनि त्यो सोचाइका विरुद्धमा जाने तत्व भए ।’

गृहमन्त्री थापाले देखाए देश असाधारण अवस्थामा जानुको तीन कारण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादलले देश अस्थिरमा जानुको तीन कारण देखाएका छन् ।

जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले यस्तो असामान्य स्थिती कसरी उत्पन्न भयो भन्ने प्रश्न गर्दै र असाधारण आन्दोलनको शुरुवात भएको बताए ।

“यो असामान्य किन उत्पन्न भयो ? यो परिस्थिती उत्पन्न हुनुको पछाडी तीन कारणहरु रहेका छन् ।” उनले भने, “पार्टीको अध्यक्षलाई अपदस्त गर्ने षडयन्त्र भित्र यो अस्थितरता जोडिएको छ । दुई तिहाईको सरकारलाई हटाउँने कुरामा यो अस्थिरता जोडिएको छ । त्यस्तै सम्माननिय राष्ट्रपति ज्यूको मानमर्दनविरुद्ध यो अस्थिरता जोडिएको छ । यो असाधार आन्दोलन थालनी हुनु अगाडी राजनीतिक नेतृत्वसँग जोडिएको छ ।”

आमसभामा सम्बोधन गर्दै उनले देश फेरि एकजुट भएको, समाजवादको पक्षमा आन्दोलित भएको भन्दै उनले ऐतिहासिक जनआन्दोलनको थालनी भएको र यसलाई विजयसम्मै पु-याएरै छाड्ने बताए । उनले फेरि आन्दोलन गरेर मात्रै जनआन्दोलनलाई बचाउन र प्राप्त उपलब्धिको रक्षा गर्न सकिने उद्घोष गरे । उनले दोहोर्‍याएर भने, ‘गणतन्त्रको रक्षा गर्न हामी प्रतिबद्ध छौँ । देशलाई प्रतिगमनमा धकेल्न लागिएको भन्दै केही तत्वले भ्रम फैलाएको र नयाँ आन्दोलनले अब त्यो सबै भ्रम तोड्ने बताए ।’

त्यस्तै उनले गृहमन्त्री बादलले जनतालाई आन्दोलित गरेर मात्रै संविधानको रक्षा गर्न सकिने दाबी गरेका छन् । साथै बामपन्थी आन्दोलनलाई थप उचाइमा पुर्याउनको लागि जनतामा जानुपर्नेमा जोड दिएका छन् । “जनतामा गएर बामपन्थी आन्दोलनलाई उचाईमा पुर्याउँछौ ।
जनतामा गएर मात्रै सुद्धिकरण आन्दोललाई पुर्याउन सकिन्छ । आगामी निर्वाचन एक ऐतिहासिक आन्दोलन हो । देशलाई समाजबादको समृद्धीको मार्गमा अगाडी बढाउन सकिन्छ ।” उनले भने ।

त्यस्तै नारायणहिटी दरबार अगाडी भएको जनसभाले गणतन्त्र रक्षा गर्ने सन्देश दिने दाबी गरेका छन् । कतिपयले राजतन्त्र पुनस्थापना गर्नका लागि राजदरबार अगाडी जनसभा गरेको बताएपनि त्यसको ठिक उल्टो भएको टिप्पणी गरेका छन् ।

उनले भने, “नारायणहिटी प्राङगणमा भएको ऐतिहासिक जनसभाले गणतन्त्रणको रक्षा गरिरहेको सन्देश दिएको छ । यो ठिक उल्टो हो । गणतन्त्रको रक्षा गर्न यो जनसभाको आयोजना गरिएको हो । राजतन्त्रको पुनस्थापनाको लागि होइन ।”

प्रचण्ड-नेपाल समूहले मांसाहारी आन्दोलनको कुरा गरिरहेका कारण त्यसलाई वेवास्ता गर्न आग्रह गरेका छन् ।

“उहाँहरुले मांसहारी आन्दोलनको कुरागरिरहनुभएको छ । त्यसबार सचेत रहन आग्रह गर्दछु ।” उनले भने ।

पापीहरु पाप पखाल्न पार्टी छाडेर कुम्भ नुहाउन गए :  सत्यनारायण मण्डल

काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा ओली पक्षका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले प्रचण्ड–माधव पक्षका नेताहरुलाई पाप पखाल्न पार्टी छाडेर गएको आरोप लगाएका छन् ।

सभालाई सम्बोधन गर्दै नेता मण्डलले देशव्यापी रुपमा नेपाली जनताले कठिन परिस्थितीको सामना गर्नुपरेको भन्दै यस्तो परिस्थिति उत्पन्न हुनुमा पार्टीकै केही नेताहरु कारकका रुपमा रहेको बताए । ‘यो परिस्थिति कसरी उत्पन्न भयो ? हाम्रै पार्टीका केही नेताले गर्दा मुलुकमा जनताले संकट महशुस गर्न थालेका छन्,’ मण्डलले भने,

‘बुद्ध जन्मेको देश हो, बुद्धको ज्योतिले संसारलाई ज्योति दिएको छ । दुइचार जनाले अध्यारो ल्याउन खोजेपनि केही हुदैन । ‘माघके महिनामा कुम्भके नाहनमा आहो बुद्ध जी…’ उनले भने । उनले प्रचण्ड माधव पक्षका नेताहरुलाई पापीहरु र पाप पखाल्न पार्टी छाडेको पनि बताए ‘पापीहरु कुम्भ नुहाउन गएको, कमाएका पुन्य पखाले केही हुनेवाला छैन ।’

नक्कलीहरु प्वाँख पलाएर बाहिर गए, सक्कली कम्युनिष्ट हामी हौँ :  कृष्णगोपाल श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता कृष्ण गोपाल श्रेष्ठले ओली समूह नै आधिकारिक भएको दाबी गरेका छन् । जनसभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्ड-नेपाल प्वाँख पलाएर पार्टीबाट बाहिर गइसकेको टिप्पणी गर्दै त्यस्तो बताएका हुन् ।

“सक्कली कम्युनिष्ट पार्टी हामी हौँ । मयूरको प्वाँख लगाएका प्वाँखहरु पार्टीबाट बाहिर गइसकेका छन् । उनीहरु हामीलाई क्वाक्वा कराएपछि जनताले थाहा पाए माईतीधर गएर काजगका टुक्राहरु छातीमा टाँसेर बसेका छन् ।” उनले भने ।

त्यस्तै नेकपाबाट नक्कली धातुहरु गएको दाबी गर्दै सक्कली धातुहरु आज भएको जनसभामा उपस्थित भएको टिप्पणी समेत गरेका छन् । त्यस्तै कार्यक्रम हेर्न आएका नेता तथा कार्यकर्ताहरुलाई हिराको टुक्राको संज्ञा दिँदै श्रेष्ठले नारायणहिटीको मण्डलामा सक्कली सुनहरु बसेको र हिराका टुक्राहरु संग्राहलयको दाँयाबाँया, जयनेपाल हल र केशर महलतिर बसेको बताए

“हामी संयम र कर्तव्यबोधका साथ बस्नु पर्छ । हरेक काठमा टुक्राहरु सुन हुँदैहुन्नन् ।” उनले भने, “सक्क्ली सुनहरु नारायणहिटी अगाडिको मण्डलमा बसिरहेका छ्न र हिराका टुक्राहरु संग्रालयको दायाँ बाया र केशवरमहल जयनेपाल बसिरहनुभएको छ । नक्कली धातुहरु गए ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?