प्रचण्ड-नेपाल पक्षले मुलुकमा फेरी अराजकता सिर्जना गर्न खोजे : ईश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षीय नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–माधव पक्षले मुलुकमा फेरी अराजकता सिर्जना गर्न खोजेको बताएका छन् ।

शुक्रवार काठमाडौमा आयोजित सभालाई सम्बोधन गर्दै नेता पोखरेलले ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको अवस्थामा केही तत्वहरु निर्वाचन नगर्न भन्दै निर्वाचन आयेग पुगेर निर्वाचन नगर्न धम्की दिएर अस्थिरता मच्चाउन खोजिरहेको बताएका हुन् । ‘सम्पुर्ण चिजको फैसला गर्ने जनता भएकाले ताजा जनादेशका लागि जान प्रमले ऐतिहासिक घोषणा गर्नुभयो । हामी त्यही अभियानमा लागिरहेका छौ’ पोखरेलले भने, ‘उहाहरुले जुन अराजकता निम्त्याउन, आर्थिक विकासमा कमजोर बनाउन कुनै हालतमा सफल हुन दिने छैनौ ।’

संविधानको रक्षा र आर्थिक सम्मृद्धिका लागि पार्टी एकता गरेपनि त्यो सफल हुन नदिन प्रचण्ड माधव पक्ष लागिरहेको आरोप पोखरेलको भनाई छ । ‘कम्युनिस्ट पार्टीलाई एक बनायौ लामो समयदेखि जनताले चाहेको राजनीतिक स्थायित्व, सम्मृद्धिको बाटो खुल्छ, संविधानको रक्षा हुन्छ भनेर सोचेपनि त्यो सोचाइका विरुद्धमा जाने तत्व भए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?