९ चैत्र २०७९, बिहीवार

होहल्ला गर्ने १४ जना पक्राउ र रिहा

२०७४,आश्विन,१८,बुधबार ०५:४५

0
Shares

रसुवा, १८ असोज ।गत चार दिनयता मादकपदार्थ सेवन गरी होहल्ला गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी सचेत गराएको छ ।जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार दक्षिणी रसुवाको कालिकास्थानबाट ११ जना र धुन्चेबाट तीनजनालाई मादकपदार्थ सेवन गरेबापत् पक्राउ गरी दशैँको चाडपर्व भएकाले पहिलो पटकलाई सचेत गर्दै रिहा गरिएको छ ।यस्तै, सार्वजनिक अपराधअन्तर्गत दुईजनालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाएको बताउँदै प्रहरी प्रमुख थापा क्षेत्रीले जिल्लाको शान्ति सुरक्षा स्थिर रहेको जानकारी दिए ।गाउँ समाजमा सुरक्षाका लागि टोलटोलमा प्रहरी गस्ती बढाइएको पनि बताइएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०५:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००