२८ जेष्ठ २०८०, आईतवार

गृहमन्त्री थापाले देखाए देश असाधारण अवस्थामा जानुको तीन कारण

२०७७,माघ,२३,शुक्रवार १४:०६

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादलले देश अस्थिरमा जानुको तीन कारण देखाएका छन् ।

नेकपा ओली पक्षले आज काठमाडौं दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले तीन कारणहरु देखाएका हुन् ।

उनले सभालाई सम्बोधन गर्दै यस्तो असामान्य स्थिती कसरी उत्पन्न भयो भन्ने प्रश्न गर्दै र असाधारण आन्दोलनको शुरुवात भएको बताए ।

“यो असामान्य किन उत्पन्न भयो ? यो परिस्थिती उत्पन्न हुनुको पछाडी तीन कारणहरु रहेका छन् ।” उनले भने, “पार्टीको अध्यक्षलाई अपदस्त गर्ने षडयन्त्र भित्र यो अस्थितरता जोडिएको छ । दुई तिहाईको सरकारलाई हटाउँने कुरामा यो अस्थिरता जोडिएको छ । त्यस्तै सम्माननिय राष्ट्रपति ज्यूको मानमर्दनविरुद्ध यो अस्थिरता जोडिएको छ । यो असाधार आन्दोलन थालनी हुनु अगाडी राजनीतिक नेतृत्वसँग जोडिएको छ ।”

त्यस्तै उनले गृहमन्त्री बादलले जनतालाई आन्दोलित गरेर मात्रै संविधानको रक्षा गर्न सकिने दाबी गरेका छन् । साथै बामपन्थी आन्दोलनलाई थप उचाइमा पुर्याउनको लागि जनतामा जानुपर्नेमा जोड दिएका छन् । “जनतामा गएर बामपन्थी आन्दोलनलाई उचाईमा पुर्याउँछौ ।
जनतामा गएर मात्रै सुद्धिकरण आन्दोललाई पुर्याउन सकिन्छ । आगामी निर्वाचन एक ऐतिहासिक आन्दोलन हो । देशलाई समाजबादको समृद्धीको मार्गमा अगाडी बढाउन सकिन्छ ।” उनले भने ।

त्यस्तै नारायणहिटी दरबार अगाडी भएको जनसभाले गणतन्त्र रक्षा गर्ने सन्देश दिने दाबी गरेका छन् । कतिपयले राजतन्त्र पुनस्थापना गर्नका लागि राजदरबार अगाडी जनसभा गरेको बताएपनि त्यसको ठिक उल्टो भएको टिप्पणी गरेका छन् ।

उनले भने, “नारायणहिटी प्राङगणमा भएको ऐतिहासिक जनसभाले गणतन्त्रणको रक्षा गरिरहेको सन्देश दिएको छ । यो ठिक उल्टो हो । गणतन्त्रको रक्षा गर्न यो जनसभाको आयोजना गरिएको हो । राजतन्त्रको पुनस्थापनाको लागि होइन ।”

प्रचण्ड-नेपाल समूहले मांसाहारी आन्दोलनको कुरा गरिरहेका कारण त्यसलाई वेवास्ता गर्न आग्रह गरेका छन् ।

“उहाँहरुले मांसहारी आन्दोलनको कुरागरिरहनुभएको छ । त्यसबार सचेत रहन आग्रह गर्दछु ।” उनले भने ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०