काठमाडौं । कास्कीमा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने कृष्ण लाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१४ चाउथे बस्ने ४९ वर्षीय क्षेत्र बहादुर जिम्बा लगायत ११ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ७ सय ५० रुपैयाँ र ताससहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-९ टेघरा बस्ने प्रज्वल शाहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ रामपुर बस्ने २३ वर्षीय रोहन खाती लगायत ७ जनालाई बिहीवार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २० हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया