काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता कृष्ण गोपाल श्रेष्ठले ओली समूह नै आधिकारिक भएको दाबी गरेका छन् ।
ओली पक्षले आज काठमाडौंमा गरेको जनसभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्ड-नेपाल प्वाँख पलाएर पार्टीबाट बाहिर गइसकेको टिप्पणी गर्दै त्यस्तो बताएका हुन् ।
“सक्कली कम्युनिष्ट पार्टी हामी हौँ । मयूरको प्वाँख लगाएका प्वाँखहरु पार्टीबाट बाहिर गइसकेका छन् । उनीहरु हामीलाई क्वाक्वा कराएपछि जनताले थाहा पाए माईतीधर गएर काजगका टुक्राहरु छातीमा टाँसेर बसेका छन् ।” उनले भने ।
त्यस्तै नेकपाबाट नक्कली धातुहरु गएको दाबी गर्दै सक्कली धातुहरु आज भएको जनसभामा उपस्थित भएको टिप्पणी समेत गरेका छन् । त्यस्तै कार्यक्रम हेर्न आएका नेता तथा कार्यकर्ताहरुलाई हिराको टुक्राको संज्ञा दिँदै श्रेष्ठले नारायणहिटीको मण्डलामा सक्कली सुनहरु बसेको र हिराका टुक्राहरु संग्राहलयको दाँयाबाँया, जयनेपाल हल र केशर महलतिर बसेको बताए
“हामी संयम र कर्तव्यबोधका साथ बस्नु पर्छ । हरेक काठमा टुक्राहरु सुन हुँदैहुन्नन् ।” उनले भने, “सक्क्ली सुनहरु नारायणहिटी अगाडिको मण्डलमा बसिरहेका छ्न र हिराका टुक्राहरु संग्रालयको दायाँ बाया र केशवरमहल जयनेपाल बसिरहनुभएको छ । नक्कली धातुहरु गए ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया