१४ जेष्ठ २०८०, आईतवार

सुदूर पहाडमा हिमपात

२०७७,माघ,२३,शुक्रवार १३:१९

9
Shares

टेक सिँह धामी/ धनगढी । सुदूर पहाडमा हिमपात भएको छ ।
सुदूर प्रदेशका बझाङ, बैतडी, डडेल्धुरा लगायतका जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा गएराति हिमपात सहित वर्षा भएको हो।

बैतडीको खोड्पे, श्रीभावर, ढोल्यामोड, अनारखोली, बझाङको बित्थड र डडेल्धुरामा वर्षासँगै हिमपात भएको हो भने बाजुराका उच्च हिमाली भेगमा समेत हिमपात भएको छ।

सुदूरको भुस्वर्ग खप्तड हिँउले छपक्क

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भुस्वर्ग मानिने खप्तड क्षेत्रमा पनी हिमपात भएको छ ।
हिमपात भएसँगै आसपासका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउ लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् ।

हिजो (बिहीवार) राति र आज (शुक्रवार) विहान खप्तड क्षेत्रमा हिमपात सहित वर्षा भएको हो । हिँउ परे सँगै पर्यटकहरुको मात्रा बढ्ने अनुमान गरिएको छ ।
सुदुर पहाडमा हिमपातपछि बढेको चिसोले पहाडी जिल्लामा चिसो बढेपछि जनजीवन केही प्रभावित भएको छ। तर किसानहरु भने हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन्।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १३:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०