२२ जेष्ठ २०८०, सोमवार

सभामुख सापकोटाद्वारा संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

२०७७,माघ,२३,शुक्रवार १३:०२

0
Shares

काठमाडौं । संवैधानिक निकायमा भएका नियुक्तिका विरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

सभामुख सापकोटाले संसदीय सुनुवाइ बिनानै अख्तियार लगायतका संवैधानिक निकायको नियुक्ति बदर गर्न माग गर्दै शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

त्यस्तै राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक परिषद्का सचिव रहने मुख्य सचिव लगायत नियुक्ति भएका सबैलाई मुद्दामा विपक्षी बनाइएको स्रोतले जनाएको छ ।

त्यस्तै रिटको पेशी आइतवारको लागि तोकिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर गत मंसिर ३० गते अध्यादेशमार्फत विभिन्न ११ संवैधानिक आयोगहरुमा ३२ जना नियुक्त गर्न सिफारिस गरेका थिए । उक्त बैठकमा सभामुख सापकोटा सहभागी भएका थिएनन् । त्यस्तै गत आइतवार सभामुख सापकोटाले उक्त सिफारिस असंवैधानिक रहेको भन्दै फिर्ता पठाइदिएका थिए ।

यसअघि नै संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यद्यपी बुधवार राष्ट्रपति भवन शीतलनिवासमा नियुक्त ३२ पदाधिकारी तथा सदस्यहरुले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १३:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०