काठमाडौं । सिनेमाघरमा बलिउड अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशीको रिलीज हुने डेटको अड्कलबाजी शुरु भएको छ ।
ताजा रिपोर्टसका अनुसार रोशित शेट्टीको निर्देशनमा बनेको यो फिल्म २ अप्रिलमा रिलजि हुन सक्ने बताइएको छ ।
अहिले निर्देशक रोहित शेट्टी र फिल्मको प्रोडक्शन कम्पनी रिलायन्स इन्टरटेनमेण्टको सिनेमाघरसँग कुराकानी भइरहेको छ ।
अर्को हप्तासम्म फिल्मको रिलीज डेट तोक्न सकिने बताइएको छ ।