२८ जेष्ठ २०८०, आईतवार

‘सीए’ मोहले अप्ठेरोमा परे गभर्नर : आफै विरुद्धमा उभिए आफ्नै पार्टी समर्थित कर्मचारी

२०७७,माघ,२३,शुक्रवार १२:१३

0
Shares

काठमाडौं । अहिले नेपाल राष्ट्र बैंकका नेकपा निकट कर्मचारीहरु गभर्नर महाप्रसाद अधिकारी विरुद्ध उभिएका छन् ।

कर्मचारी बढुवा गर्दा आँफू निकट कनिष्ट कर्मचारीलाई बढुवा गरेको भन्दै राष्ट्र बैंकका कर्मचारीहरु गभर्नर अधिकारीमाथि आक्रोश व्यक्त गरेका छन् । राष्ट्र बैंक कर्मचारीका अनुसार एक जना निकै कनिष्ठ कर्मचारीलाई चार्टर्ड एकाउन्टेन्स (सीए) भएकै आधारमा वरिष्ठ कर्मचारीलाई पाखा लगाउँदै गभर्नर अधिकारीले बढुवा गरेको बताएका छन् ।

त्यस्तै उनीहरु गभर्नर अधिकारीले वरिष्ठ कर्मचारीको कदर नगरी कनिष्ठको बढुवा गरेको भन्दै विरोधमा उत्रिएका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघले विज्ञप्ति नै जारी गरेर गल्ती सच्याउन समेत आग्रह गरेका छन् । ‘नेकपा निकट हो । सोही पार्टीको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै अधिकारीलाई गभर्नर बनाएका थिए । तर आज गभर्नर अधिकारीको सीए मोहका कारण आफू निकट कर्मचारी उनै विरुद्ध उभिएका छन् ।‘कर्मचारीको बढुवा विधी संबत तरिकाले भएन,हामी त्यसको विरोध गर्छौ ।’ नेपाल राष्ट्र राष्ट्र बैंक कर्मचारी संघका एक पदाधिकारीले भने ।

सीए भएकै भरमा ६० नम्बर रोल क्रममा रहेका एक जना सहायक निर्देशकलाई उपनिर्देशक बनाएको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । राष्ट्र बैंकले बुधवार साँझ ८६ जना सहायक निर्देशकमध्येबाट १५ जनालाई उपनिर्देशकमा बढुवा गरेको थियो । जसमध्ये ६० नम्बरमा रहेका जगदीशकुमार गुप्तालाई बढुवा गरेका थिए । बाँकी बढुवा हुने कर्मचारीहरु वरिष्ठताका आधारमा बढुवा भएका थिए । ‘ हालै संस्थाबाट प्रकाशित अधिकृत द्वितीय पदको पदोन्नतिको नतिजाले आम कर्मचारीलाई विगतका कालरात्रिको पुनः स्मरण गराएको छ । संस्थाले सुम्पिएको जिम्मेवारी र अधिकारलाई आफ्नो पैत्रिक सम्पत्ति ठान्दै मातहतका कर्मचारीलाई आस्थाका आधारमा विभेद गरी वृत्ति विकासबाट बञ्चित गर्ने दुर्भावनाबाट ग्रसित व्यवस्थापनका केही अराजक पात्रहरुका काला कर्तृत खेदजनक छ,’ गभर्नर अधिकारीलाई लेखिएको पत्रमा उल्लेख छ ।

आगामी दिनमा समेत यस्ता प्रवृत्तिले निरन्तरता पाउने तथा उच्च व्यवस्थापन मुकदर्शक बन्दै जाने हो भने यस्ता पात्र, प्रवृत्ति र प्रश्रयकर्ताका विरुद्धमा थप विरोध कार्यक्रमका साथ अघि बढ्न बाध्य हुने संघले चेतावनी दिएको छ ।

‘संस्थाले सुम्पिएको जिम्मेवारीलाई इमान्दारिताका साथ सम्पादन गर्ने आम कर्मचारीको मनोबल गिराउँदै अक्षम साबित गर्ने यस नतिजाले बैंक व्यवस्थापनको स्वतन्त्र न्याय सम्पादन माथि नै प्रश्न उब्जाएको छ र ’बुढी मरी भन्ने चिन्ता मात्र होइन, काल पल्किने डर आम कर्मचारीमा देखिन्छ ।’ सो विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै,राष्ट्र बैंक कांग्रेस निकट कर्मचारी संगठनले पनि गभर्नरको कदमको विरोध गरेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १२:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजु विश्वकर्मा- वीरगञ्ज । कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन्

रुपनी जिएम  जानकी । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित

कृष्ण अधिकारी-नेत्रप्रसाद सुवेदी । नेपालमा दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्षको अवधिमा

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०