२८ जेष्ठ २०८०, आईतवार

क-कसले सम्बोधन गर्दैछन् ओली पक्षको जनसभालाई ?

२०७७,माघ,२३,शुक्रवार ११:२४

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंमा गर्न लागेको जनसभाको चहलपहल शुरु भएको छ ।

आजको कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीेले विशेष सम्बोधन गर्नेछन् ।

त्यस्तै अन्य बक्तहरुमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र सत्यनारायण मण्डल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको सभापतित्वमा हुने कार्यक्रममा पार्वती रावलले स्वागत मन्तव्य दिनेछिन् भने पूर्वमन्त्री समेत रहेका नेकपा नेता आनन्द पोखरेलले कार्यक्रम सञ्चालन गर्नेछन् ।

शुक्रवार (आज) बिहानैबाट दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालयमा मञ्च बनाउन बनाइएको थियो । अहिले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट नेता तथा कार्यकर्ता र्‍यालीसहित कार्यक्रम स्थलतर्फ गइरहेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ११:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०