१४ जेष्ठ २०८०, आईतवार

जुम्लामा हिमपात, तस्वीरहरु हेर्नुहोस्

२०७७,माघ,२३,शुक्रवार १०:४४

0
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको कारण देशैभरी मौसममा बदलाब आएको छ ।

यसैक्रममा शुक्रवार (आज) जुम्लामा हिमपात भएको छ । हुम्लामा हिमपातको कारण जनजीवन प्रभावित बनेको छ ।

त्यस्तै न्यून चापीय प्रणालीको असर काठमाडौं उपत्यकामा पनि पर्ने महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाका अनुसार उपत्यकामा दिउँसोदेखि साँझसम्म वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै आज काठमाडौं उपत्यकाको तापक्रमसमेत घटेको छ । बिहान ५ डिग्री रहेको तापक्रम घाम लागेपछि घटेर ३।५ डिग्री सेल्सियससम्म घटेको महाशाखाले जनाएको छ ।

देशका विभिन्न ठाउँमा वर्षा भएको छ । पछिल्लो २४ घण्टामा डडेलधुरामा सबैभन्दा बढी ९.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै दिपायलमा ८, वीरेन्द्रनगरमा २.७, नेपालगञ्जमा ३.८, जुम्लामा ८.३, घोराहीमा ०.३, पोखरामा ०.२ डिग्री सेल्सियस वर्षा भएको छ ।

महाशाखाका अनुसार बिहान सबैभन्दा कम जुम्लामा ०.५, डडेलधुरामा २ डिग्री सेल्सियस तथा नेपालगञ्जमा १३.६ डिग्री सेल्सियस तापक्रम रहेको छ ।

तस्वीरमा हेर्नुहोस् हुम्लाको हिमपात

 

तस्वीर : महेन्द्र कार्कीको फेसबुकवालबाट

 

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १०:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

नेपाली फुटबलको बागडोर सम्हालेको अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार आपत्कालीन बैठक बस्यो । त्यो बैठक न फुटबलको उन्नयनका

‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास हुन् ।’ नेपालका पहिलो

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०