२७ जेष्ठ २०८०, शनिवार

फोटोमा हेर्नुहोस् यस्तो छ ओली पक्षीय जनसभाको तयारी

२०७७,माघ,२३,शुक्रवार १०:२०

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आज (शुक्रवार) काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि जनसभा गर्दैछ ।

देशभरबाट ठूलो संख्यामा नेता कार्यकर्ताको उपस्थित गराउने उदेश्यले नारायणहिटी दरबार संग्रहालयको दक्षिणपट्टि सडकमा मञ्च बनाइएको छ । बाहिरी जिल्लाबाट ओली पक्षीय नेता कार्यकर्ताको भेला हुन थालिसकेको छ ।

जनसभाको पूर्व सन्ध्यामा ओली पक्षीय नेकपाले काठमाडौं उपत्यकाका विभिन्न १३ स्थानबाट विशाल जुलुससहित नारायणहिटी दरबार संग्रहालय अगाडी जनसभा गर्न लागेको हो ।

आज देशभरबाट करिब ३ लाख मानिसहरु आयोजित सभामा सहभागी हुन लागेको ओली पक्षका नेताहरुको दाबी छ । जनसभालाई मध्येनजर गर्दै उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ट्राफिक प्रहरीका अनुसार जुलुस निकालिने रुटसहित दरबारमार्ग हुँदै आवतजावत गर्ने सवारी आवागमनलाई अन्य बाटो हुँदै डाइभर्सन गरिएको छ । आजको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । यसअघि बिहीवार किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले विशेष सम्बोधन गर्ने बताउँदै सबैलाई उपस्थितीको लागि निम्तो दिएका थिए । यसैबीच प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड(नेपाल पक्षले लगातार प्रदर्शन गरिरहेको छ । यसैक्रममा हिजो (बिहीवार) सो पक्षले देशभर आमहड्ताल आह्वान गरेको थियो भने आज (शुक्रवार) बिहान पत्रकार सम्मेलन गरि कार्यकमको समिक्षा गरेको छ ।

तस्वीरहरु हेर्नुहोस्

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १०:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजु विश्वकर्मा- वीरगञ्ज । कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन्

रुपनी जिएम  जानकी । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित

कृष्ण अधिकारी-नेत्रप्रसाद सुवेदी । नेपालमा दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्षको अवधिमा

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०