२६ जेष्ठ २०८०, शुक्रवार

हड्ताल बिथोल्न अनेक प्रयास भए, हामीले हिसाब गरेका छौँ : माधव कुमार नेपाल

२०७७,माघ,२३,शुक्रवार १०:१७

0
Shares

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट जान सुझाव दिँदै उनलाई मान्नेहरुले उनले उतै गएर पूजा गर्न भन्दै कटाक्ष गरेका छन् ।

प्रचण्ड – नेपाल पक्षले हिजो गरेको आम हड्तालको समिक्षा र जानकारी गराउन बिहान पत्रकारसँग आयोजना गरेको भेटघाट कार्यक्रममा नेपालले यस्तो सुझाव दिएका हुन्।

नेपालले ओलीलाई कटाक्ष गर्दै भने, ‘चोइटिएको सानो टुक्रामा दम्भ नदेखाउन आग्रह गर्छु । पार्टी बनाउने भए नीति प्रधान हुनु पर्छ।’

हिजोको आम हड्ताल तत्कालको प्रतिक्रियामात्र भएको नेता नेपालको भनाई छ । हिजोको आम सभामा जनताबाट विशाल समर्थन पाएको नेता नेपालले दाबी गरे।

नेपालले हिजो (बिहीवार) को हड्ताल बिथोल्न भ्रम फैलाइएको,ओलीको निर्देशनमा शान्तिपूर्ण आन्दोलनमासमेत गोली चलाइएको, हड्ताल बिथोल्न अनेक प्रयास भएको, बन्द फिर्ता भनेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको, शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको, पक्राउ गरीएका घटनाको आफूहरुले हिसाब गरेको समेत बताए ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १०:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानु पर्ने, यात्रु चढ्न र ओर्लन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् ।

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१