काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको आरोपपत्र राजनीतिक स्टन्ट मात्र भएको टिप्पणी गरेका छन् । सडकमा कार्यकर्तालाई एमसीसीविरुद्ध नारा लगाउन रोकेबाट उनको आरोपपत्र राजनीतिक स्टण्ट मात्र भएको पुष्टि भएको पोखरेलले टिप्पणी गरेका हुन् ।
हिजो बिहीवार भएको आमहड्तालमा सडकमा कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाउन थालेपछि पुष्पकमल दाहाल प्रचण्डले नजिकै रहेकी नेतृ पम्फा भुसाललाई नाराबाजी रोक्न आग्रह गरेको भिडियो सञ्चारमाध्यममा भाइरल भएको थियो ।
सोही विषयमा टिप्पणी गर्दै पोखरेलले फेसबुकमा लेखेका छन्, “प्रचण्डको कथित आरोपपत्र राजनीतिक स्टण्ट मात्र थियो भन्ने कुरा सडकमा एमसीसी विरुद्ध नारा लगाउन प्रचण्ड आफैले रोकेवाट पुष्टि भएन र ?”