काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्ध निरन्तर आफूहरु लागेको बताएका छन् ।
आज प्रचण्ड-नेपाल पक्षले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरु संसद विघटनका विरुद्ध निरन्तर सडक संघर्षमा जाने बताए ।
उक्त पक्षले बिहीवार देशभर गरेको आम हड्ताल पूर्ण रुपमा सफल भएको दाबी गर्दै आफूहरुले रहरले नभइ बाध्यताले आम हड्ताल गरेको बताए ।
“अब चाँही गुन्डागर्दी आवश्यक छैन् भनेर आन्दोलनमा जान लाग्यौ । हाम्रो रहर थिएन । यो राज्य राज्य रहेन । न कुनै संविधान परम्परा न कुनै विधि नै नरहेको कारण आन्दोलनमा जान बाध्य भएका हौँ ।” अध्यक्ष प्रचण्डले भने ।
आफ्ना नेताहरुले संघर्ष गरेर ल्याएको व्यवस्था माथि प्रधानमन्त्री ओलीले भत्काउने काम गरेको दाबी गर्दै त्यसलाई न्याय नहुने भन्दै आफूहले आन्दोलनमा जाने निर्णय गरेको प्रष्ट पारेका छन् ।
संसद विघटनपछि देशमा विकसित भइरहेको राजनीतिक घटनाक्रम नेकपाभित्रको आन्तरिक विवाद मात्रै नभएर प्रतिगमन भएको दाबी गरेका छन् । “अहिले जे भइराखेको छ । प्रतिगमन भइरहेको छ । यो नेकपाको आन्तरिक विवाद होइन ।” उनले भने ।
त्यस्तै आफूहरु विसंगतीका विरुद्ध सडकमा गएको तर पलायन नभएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम प्रतिगमन भएको बताउँदै पत्रकार बुद्धिजिबी, साहित्यकार एवम् बौद्धिक वर्गलाई समेत सडक आन्दोलनमा जानको लागि समेत आग्रह गरेका छन् । “पत्रकारहरुलाई किन लाग्नुभएन । साहित्यकार, बुद्धिजिबीहरु किन प्रतिगमनको विरोधमा लाग्नु भएन ?”
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने- “यो देशका सबैभन्दा राम्रा दिमागहरु प्रतिगमनमा किन लागेन । यो संविधानका विरुद्ध भाँचभुच पारेर लोकतन्त्रलाई निरोचको हो नि । राज्यव्यवस्थालाई जंगली तरिकारले चलाउने काम भयो । बन्द हड्ताल हाम्रो रहर होइन् । विभिन्न चरणका आन्दोलनमा जाने कुरा नराखेको बताउँदै बाध्यतामा परेर ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया