१४ जेष्ठ २०८०, आईतवार

आमहड्तालबाट परेको असरप्रति माफी माग्दै नेपालले भने- ‘ओलीले देश नै कब्जा गर्न लागेका छन्’

२०७७,माघ,२३,शुक्रवार ०९:३६

0
Shares

काठमाडौं । दाहाल-नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी अहिलेको अवस्थालाई नेकपाको आन्तरिक विवादका रुपमा मात्र नबुझ्न आग्रह गरेका छन् । अहिले ललितपुर जारी पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पार्टीमात्र नभइ ओलीले देश नै कब्जा गर्न लागेको जिकिर गरेका हुन् ।

“केपीले पार्टी त कब्जा गरे गरे । देश नै कब्जा गर्न लागे। यो नेकपाको मात्र आन्तरिक मामिला हैन,” पत्रकारहरुसँग नेपालले भने, “लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला जिल्लामा पुग्यौं । अब यो हाम्रो मात्र मामिला रहेन ।”

सडकमा आर्मीका गाडी गुडाएर जनता तर्साउन खोजेको आरोप लगाउँदै उनले यस्ता कदमबाट कोही नतर्सने भन्दै आन्दोलनबाट नागरिकमा परेको पीडाप्रति माफी मागेका छन् । “आमहड्तालले कतिपयलाई धेरै पीडा दिएको छ । मजदुर, बिरामी र दैनिक ज्यालादारी गर्नेसमुदायका मानिसलाई समस्या भयो । विद्यार्थीहरुको जाँज भएकोले पनि कष्टपूर्ण भएको छ। हामी यसरी पीडा भोग्नु परेका नागरिकहरुसँग क्षमा माग्न चाहन्छौँ,” नेपालले भने ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ०९:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता ढुंगानालाई नियुक्त गर्ने लगायतका निर्णयहरु गरेको छ । आज प्रधानमन्त्री कार्यालय

युवराज पाण्डे- नेपालगञ्ज । कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो ।

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

ताजा समाचार

जडीबुटीको ७५ प्रतिशत बजार भारतमा
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०