२६ जेष्ठ २०८०, शुक्रवार

जनसभाको पूर्वसन्ध्यामा ओली समूहकी नेतृ भन्छिन्- ‘संघीयता खारेज गर्नुपर्छ’

२०७७,माघ,२३,शुक्रवार ०९:०५

0
Shares

काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य निरुदेवी पालले संघीयता खारेजीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छिन्। ओली समूहको जनसभाको पूर्वसन्ध्यामा प्रधानमन्त्री निकट नेतृ पालले संघीयता खारेजीको मुद्दा लिएर चुनावमा जान प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी हुन्।

बिहीवार फेसबुकमा उनले संघीयतालाई सेतो हात्तीको संज्ञा दिँदै स्थानीय सरकारलाई बलियो बनाएर प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखेकी हुन् ।

“सम्माननीय प्रधानज्युलाई फेरि पनी मेरो अनुरोध छ। मलाई पार्टीले कारबाही गरे पनि गरोस् कुनै दिन टिकट पाएछु र जनताले हराएछन् भने पनि ठिकै छ सहुँला । तर हाम्रो जस्तो सानो मुलुक आर्थिकस्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकामा विदेसीको ऋण छ तसर्थ प्रधानमन्त्रीज्यु यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठीभर नेता त खुसी छौं कोही मुख्यमन्त्री कोही प्रदेश मन्त्री कोही सांसद छौं,”उनले लेखेकी छिन्, “तलब भत्तामै देशको ढुकुटी नसिध्याऔं। जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो बरू स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं जनताको घरदैलामा सर्वसुलभ ढंगले सेवा पुर्‍यायौं। तर प्रदेश सरकार खारेज गरौं। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं। सम्माननीय प्रधानमन्त्रीज्यु, तर हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन नेताहरूको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्रीज्यु यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई।”

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ०९:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताएका

काठमाडौं । स्वच्छ पिउने पानी र सरसफाईलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

काठमाडौं । पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताएका छन् । राष्ट्रियसभाको

ताजा समाचार

व्यापार घाटा  १२ खर्ब चार अर्ब
 २०८०,जेष्ठ,२६,शुक्रवार १४:४८