१४ जेष्ठ २०८०, आईतवार

आज ओली नेतृत्वको नेकपाले नारायणहिटीमा जनसभा गर्दै

२०७७,माघ,२३,शुक्रवार ०७:०९

0
Shares

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले आज नारायणहिटीमा बृहत् जनसभा आयोजना गर्दै छ । प्रधानमन्त्री समेत रहेका सो समूहका अध्यक्ष ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ।

मध्याह्न १२ बजेदेखि हुने सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशैभरिबाट नेता कार्यकर्ताको सहभागिता रहने नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए ।  सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत १३ स्थानबाट कलाकारको साङ्गीतिक प्रस्तुतिसहित जुलुस निकालिने जनाइएको छ।

जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ ।

आजको जनसभालाई लक्षित गरी हिजो नै सो समूहका युवाहरुले नेता महेश बस्नेतको नेतृत्वमा राजधानीमा जुलुस निकालेका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ०७:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ । नागरिक अगुवाहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेलमाथि दवाव बढाएका छन् । नागरिक अगुवाहरु साध्यबहादुर, भण्डारी, डा

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालयमा दिउँसो १

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण पेश गर्ने

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९