ओमानमा हुने ओडीआई श्रृङ्खलाको बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छानिए

काठमाडौं – मार्च महिनामा ओमनमा हुने आईसीसी सीडब्लूसी लिग २ प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

त्यसमध्ये २१ खेलाडीले माघ २४ गते बन्द प्रशिक्षणमा आउने छन् भने बाँकी खेलाडीको बारे क्यानले उल्लेख गरेको छैन। ती २१ खेलाडीमा अघिल्लो हप्ता सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छन्। त्यस्तै, बाँकी १० जना खेलाडी राष्ट्रिय टिमका नियमित खेलाडीहरु छन्।

पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुनिल धमला. कुशल भुर्तेल, ललित राजबंशी, हरि शंकर शाह, विवेक यादव, रामनरेश गिरी, अर्जुक कुमाल, कृष्ण कार्की, खड्ग बहादुर बोहोरा, अनुज चुनरा र पवन सर्राफ प्रशिक्षणमा सहभाागी हुनेछन्।

शरद भेषावाकर, अभिनास बोहोरा, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल प्रशिक्षणमा सहभाागी हुने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?