काठमाडौँ– नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई )को आबूधाबीमा जारी टि १० लिगमा दुई विकेट लिएका छन् ।
डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उनी आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ । मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो ।
१२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । नेपालका बलर कामीले आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे । उनी एउटै ओभरमा दुई विकेट लिन सफल भए। कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिएका हुन् ।
आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चिए । गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा पेभेलियन फर्किए । कामीले दुई ओभरमा मात्र १० रन खर्चिए ।
कामीले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिएका छन् । युएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन् ।
खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया