२२ जेष्ठ २०८०, सोमवार

सपथ ग्रहणपछि बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले भने- ‘फास्ट ट्रयाकमा काम गर्छु’

२०७७,माघ,२२,बिहीवार १७:४४

0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधान गर्न खरो रुपमा उत्रन बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालाई निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न निर्देेशन दिएका हुन् । साथै बीमा क्षेत्रका समस्या समाधान गर्न अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने विश्वास अर्थमन्त्री पौडेलले बताएका छन् । बिहीवार अर्थमन्त्रालयमा आयोजित बीमा समितिका अध्यक्षको सपथ ग्रहण कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

सपथ लिएसँगै समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले आँफुले फास्ट ट्रयाकमा काम गर्ने बताएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । त्यस्तै,अध्यक्ष सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने समेत बताएका छन् ।

उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताएका छन् । अध्यक्ष सिलवाललाई अर्थसचिव शिशिर ढुंगानाले पद तथा गोपनियताको सपथ खुवाएका थिए । समितिको अध्यक्षको रुपमा नियुक्ति भएसँगै बीमा क्षेत्रको राम्रो ज्ञान नभएको भन्दै असन्तुष्टी समेत पोखिएका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १७:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने

काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मुल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०