२६ जेष्ठ २०८०, शुक्रवार

विश्व क्यान्सर दिवस : घण्टी बजाएर क्यान्सरमुक्त भएको उद्घोष !

२०७७,माघ,२२,बिहीवार १७:४१

0
Shares

काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर रोगलाई जितेका बिरामीहरुले क्यान्सर हस्पिटलमा औपचारिक रुपमा घण्टी बजाएर आफुलाई निको भएको उद्घोष गरेका छन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत क्यान्सर पीडितहरुले विश्व क्यान्सर दिवसको अवसर पारेर हस्पिटल परिसरमा निर्माण भएको घण्टी बजाई क्यान्सरमुक्त भएको उद्घोष गरेका हुन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले कोभिड-१९ को महामारीको बेलामा पनि अस्पतालले क्यान्सर पीडित बिरामीहरुलाई निरन्तर सेवा दिन सकेकोमा सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही तथा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरे । जुनसुकै ठाउँमा बसेर पनि क्यान्सर बारे जनचेतना जगाएर, बोलेर मात्रै पनि क्यान्सरविरुद्ध लड्न सकिने उनले बताए ।

आगामी दिनमा हस्पिटलको ध्यान कोभिड-१९ महामारीका बिचमा निदान हुन छुटेका, संक्रमणका डरले घरमै बसिरहेका क्यान्सर बिरामीहरुलाई कोभिड-१९ को डर हटाई सचेतना जगाउने डा. श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १७:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत

गल्याङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको  नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको

दाङ । दाङमा  गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१