२४ माघ २०७९, मंगलवार

नेपाली काँग्रेस लमजुङबाट ५१ जनाको दाबी

२०७४,आश्विन,१८,बुधबार ०५:३३

0
Shares

बेसीशहर, लमजुङ, १८ असोज ।आगामी मंसिर १० र २१ गते हुने केन्द्र तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको रुपमा नेपाली काँग्रेस लमजुङले ५१ जनाको नाम सिफारिस गरेको छ ।नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिको बैठकमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी दाबी गर्ने ५१ जनाको नाम केन्द्रमा सिफारिस भएको हो ।क्षेत्रीय समितिमा दर्ता भएका आकांक्षीको नाम मंगलबार जिल्ला कार्य समितिमा पठाइएको थियो । जिल्ला कार्यसमितिको बैठकले मंगलबार नै बैठक बसी सबै नाम केन्द्रीय समितिमा पठाएको जिल्ला सभापति भेषबहादुर पौडेलले बताए ।नेपाली काँग्रेस, लमजुङका अनुसार केन्द्रीय निर्वाचनका लागि प्रत्यक्षतर्फ छ जनाले दाबी गरेका छन् भने समानुपातिकतर्फ नौ जनाले दाबी गरेका छन् । यसैगरी, प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फबाट २१ जना र समानुपातिकतर्फ १६ जनाले दाबी गरेका थिए ।क्षेत्रीय समितिले सिफारिस गरेको एउटा नाम भने जिल्ला कार्यसमितिले हटाएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलको नाम जिल्ला कार्यसमितिले हटाएको हो ।तनहुँको ब्यास नगरपालिका (साविक रिस्ती गाविस) का पौडेलले लमजुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दाबी गरेका थिए । जिल्लामा कहिल्यै नदेखिएका व्यक्ति उम्मेदवारको आकाँक्षी भएको भन्दै जिल्ला कार्य समितिले सर्वसम्मतरुपमा नाम हटाएको हो । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया

जनकपुरधाम । अवैध रुपमा बालुवा गिट्टी उत्खनन गर्ने टिपरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित

काठमाडौं । तरकारी तथा कृषिजन्य वस्तुको उचित मूल्य प्राप्त नभएको भन्दै किसान संघर्ष समितिले राष्ट्रिय किसान आयोगको ध्यानाकर्षण गरेको छ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३०

ताजा समाचार

बोक्सीको आरोप लाउनेलाई कैद सजाय
 २०७९,माघ,२४,मंगलवार २१:२९
कलाकार पदमप्रसाद पौडेलको निधन
 २०७९,माघ,२४,मंगलवार १७:२८