पुससम्म विकास बैंकहरुको प्रगति : अधिकांशको मिश्रित सुधार

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौँ – कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको असरपछि पनि विकास बैंकहरुले मिश्रित सुधार गरेको देखिएको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विकास बैंकहरुले राम्रो प्रगति गरेको देखिएको हो । हालसम्म १५ वटा विकास बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सोही वित्तीय विवरण अनुसार विकास बैंकहरुको प्रगति विश्लेषण गरिएको हो । वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकमध्ये चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आधा दर्जनभन्दा बढी विकास बैंकको खुद नाफा बढेको देखिएको छ ।

पुससम्म सबैभन्दा बढी नाफा सिन्धु विकास बैंकले कमाएको छ । बैंकले २२५.५२५ ले खुद नाफा बढाएको छ । यस अवधीमा बैंकले ३ करोड ३९ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले गत वर्ष १ करोड ४ लाख १५ हजार रुपैँया नाफा कमाएको थियो । त्यसैगरी,कामना सेवाको नाफा १६२.२६५ ले बढेको छ । बैंकले यस अवधीमा ३९ करोड ४७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत वर्षको सोही अवधीमा बैंकले १४ करोड ८५ लाख ५१ लाख २ हजार रुपैँया नाफा कमाएको थियो ।

मुक्तिनाथ बैंकको नाफा ३०.२७५ ले बढेको छ । यस अवधीमा बैंकले ६१ करोड ५५ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको छ ।

बैंकले गत वर्षको सोही अवधीमा ४७ करोड २५ लाख १२ हजार रुपैँया नाफा कमाएको थियो । त्यस्तै, सांग्रिला, साइन रेसुंगा, सप्तकोशी ,तिनाउ, एक्सल, मितेरी, ग्रीन डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट लगायतका विकास बैंकहरुले नाफा घटाएका छन् ।

सैगरी,विकास बैंकहरुको वित्तीय विवरण अनुसार झण्डै एक दर्जन विकास बैंकहरुले जगेडा कोषमा सन्चिति बढाएका छन् ।

यस अवधिमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जगेडा कोषमा सबैभन्दा बढी सञ्चिती बढाएको छ । बैंकको जगेडा कोष ७५.०८५ ले बढेको छ ।

यस अवधीमा बैंकलको जगेडा कोषमा ९३ करोड ७२ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधीमा बैंकले ५३ करोड ५२ लाख ७४ हजार रुपैँया जगेडा कोषमा सन्चिति बढाएको थियो । त्यस्तै लुम्बिनी विकास बैंककोे जगेडा कोष ३९.६४५ ले बढेको छ ।

यस बैंकको जगेडा कोष १ अर्ब ६७ करोड ४९ लाख ८४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधीमा बैंकको जगेडा कोषमा १ अर्ब १९ करोड ९४ लाख २३ हजार रुपैँया रहेको छ ।

सप्तकोशी, एक्सल, महालक्ष्मी,कामना सेवा, ग्रीन डेभलपमेन्ट लगायतका विकास बैंकको जगेडा कोष घटेको छ । त्यस्तै,यस अवधीमा विकास बैंकहरुले प्रतिशेयर आम्दानी पनि घटाएका छन् । त्यस्तै,पुस मसान्तसम्म लुम्बिनी विकास बैंक,सांग्रिला डेभलपमेन्ट बैंक,साइन, रेसुंगा, एक्सल,मितेरी,ग्रीन डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकको प्रतिशेयर आम्दानी घटेको छ ।

त्यस्तै,ज्योति विकास,कामना सेवा,मुक्तिनाथ,गरिबमा विकास,महालक्ष्मी लगायतका विकास बैंकको प्रतिशेयर आम्दानी बढेको छ ।

यस अवधीमा कामना सेवा विकास बैंक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०२ पैसाले बढेको छ । यस अवधीमा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा पुगेको छ । यो सबै भन्दा धेरै प्रतिसेयर आम्दानी हो ।

त्यस्तै,चालू आर्थिक वर्षको पुष समान्तसम्म ७ विकास बैंकले चुक्ता पूँजी बढाएका छन् । यस अवधीमा ज्योति विकास, मुक्तिनाथ,साइन, रेसुंगा,एक्सेल, मितेरी र सिन्धु विकास बैंकको चुँक्ता पूँजी बढेको हो ।

मितेरी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी चुक्ता पूँजी बढाएको छ । यस अवधीमा बैंकको पूँजी ३६.३०५ ले बढेको छ ।

बैंकले आफ्नो चुँक्ता पूँजी ७९ करोड ७३ लाख ७६ हजार रुपैयाँ पु-याएको छ । तर हालसम्म सबैभन्दा बढी चुँक्ता पूँजी भने मुक्तिनाथ विकास बैंकको छ ।

यस बैंकले आफ्नो चुँक्तापूँजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रुपैयाँ पु-याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?