काठमाडौं । अभिनेता अजय देवगणले २०१८ मा निर्देशक नीरज पाण्डेसँग चाणक्यको अनाउन्समेण्ट गरेका छन् । यसको शूटिङ गत वर्षबाटै शुरु हुने भनिएको थियो, तर कोरोनाका कारण यसको शूटिङ रोकिएको थियो ।
मेकर्सले अब यो फिल्मको शूटिङ यस वर्षको अनितमबाट शुरु हुने बताइएका छन् ।
अजय देवगण यो फिल्ममा चाणक्यको रोलमा देखिँदैछन् ।
फिल्ममा अजयको लुक्सलाई लिएर हालै दिएको एक अन्तर्वार्तामा नीरजले फिल्ममा अजयले कपाल खौरनु नपर्ने बताएका थिए । उनको लुक्सको लागि प्रस्थेटिक र भीफीएक्सको सहयोग लिने बताइएको छ ।