‘नेपाल खुल्ला छ’ भन्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमआरआरका सदस्यमाथि प्रहरी दमन

काठमाडौं । आज (बिहिवार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले देशभर आमहड्ताल गरेको छ ।

संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै रुष्ट बनेको प्रचण्ड-नेपाल पक्षले बुधवार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेको अनुरुप आज बिहानै देखि काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा आमहड्तालको प्रभाव देखिएको छ ।

आमहड्तालमा उत्रिएका प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन् भने काठमाडौंस्थित गोंगबुमा ट्याक्सीमा आगजनी समेत गरेका छन् । त्यस्तै, विभिन्न स्थानमा प्रहरी र कार्यकर्ताबीच धरपकड भइरहेको छ ।

यसैबीच सामाजिक सञ्जाल फेसबुक ग्रुप ‘एमआरआर’का सदस्यहरु जारी आमहड्तालको विरोधमा ‘नेपाल खुल्ला छ’, ‘नेपाल बन्द छैन’ भन्ने प्लेकार्ड बोकेर काठमाठौंको बल्खुमा जम्मा भएका छन् । बल्खुबाट शुरु भइ चक्रपथ परिक्रमा गरी शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरुको योजना थियो ।

योजनाअनुरुप बिहान करिब ५० जनाको संख्यामा उनीहरु बल्खुमा भेला पनि भए । उनीहरुले आमहड्तालविरुद्धको शान्तिपूण विरोध गर्न लागेको भनेर प्रहरीलाई समेत पूर्व जानकारी गराइ सकेका थिए ।

आमहड्तालविरुद्धको प्रदर्शनमा सहभागी एमआरआरका एक सदस्यका अनुसार प्रहरीले ‘तपाईहरुलाई हामी स्कटिङको व्यवस्था मिलाइ दिन्छौं’ समेत भनेका थिए । ‘तर पछि सशस्त्र प्रहरी बलसहितको टोली आएर हाम्रो बाइकको चाबी थुत्नुभयो,’ प्रदर्शनमा सहभागि उनले  लोकपथसँग भने ।

‘चाबी दिनु हुन्छ भनेर हामी कुरेर बस्यौँ तर हामीलाई मोटरसाइकलबाट पम्प्लेट झिक्न भनियो , हामीले मानेनौं,’ अगाडि नै जानकारी गराउँदा र प्रहरीको तर्फबाट सुरक्षा दिइने भनिएतापति त्यसो नभएको गुनासो गर्दै उनले सुनाए, ‘सुरक्षा दिन नसक्ने बाहाना गर्नुभयो त्यसपछि हामी चुपचाप फर्कियौं ।’

‘आमहड्तालविरुद्ध आवाज उठाउँदा प्रहरी दमन भयो । ‘प्रहरी हाम्रो साथी’ भन्ने भनाइ त पोस्टरमा मात्रै सीमित रहेछ,’ उनले लोकपथसँगको कुराकानीका क्रममा आक्रोश पोखे ।

के भन्छ प्रहरी ?
प्रदर्शनमा सहभागी एमआरआरका सदस्यका गुनासोपछि लोकपथले प्रहरीको ‘भर्सन’ बुझ्न महानगरीय प्रहरी वृत्त कालीमाटिका डीएसपी कपिल राज बोहोरासँग सम्पर्क गर्‍यो । घटनाबारे बुझन खोज्दा उनले प्रहरी दमन नभएको भन्दै फोन राखिदिए ।

सुरक्षा चुनौतीका कारण उनीहरुलाई प्रदर्शन गर्न नदिएको डीएसपी बोहोराको भनाई छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?