१७ चैत्र २०७९, शुक्रवार

डेंगुका बिरामी बढ्दै जाँदा स्थानीय भयभित

२०७४,आश्विन,१८,बुधबार ०५:२६

0
Shares

गौशाला, १८ असोज ।महोत्तरी जिल्लाको बर्दिवासमा मात्र दुई दिनअघि देखापरेको डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन् ।सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु रोग अहिले क्रमिक रुपमा ३९ जनामा फैलिसकेको हुँदा बर्दिवासका बासिन्दामा सो रोगको त्रास देखिएको छ ।मंगलबारसम्म बर्दिवास अस्पतालमा र स्थानीय निजी क्लिनिकमा परीक्षणका लागि आएका ३९ जनामा डेंगु रोग देखिएपछि सो क्षेत्रमा बसोवास गर्ने स्थानीय सो रोगबाट भयभित भएका छन् ।यता जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा नागेन्द्र यादवले बर्दिवासका स्थानीय बासिन्दामा मात्रै २६ जनामा डेंगु रोग देखिएको र बाँकी १३ जना धनुषा र सिन्धुलीका बासिन्दा रहेको बताउनुहुँदै सो रोग देखिएपछि त्यस क्षेत्रमा मंगलबारदेखि नै स्वास्थ्य टोली खटाएर रोग नियन्त्रण तथा उपचारको कार्यक्रम सञ्चालन गरिसकेको बताए ।डा यादवले सो रोग देखिएका सबैलाई काठमाडौँको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा उपचारका लागि जान समेत भनिसकिएको र त्यस क्षेत्रमा सो रोग फैलिन नदिनका लागि तुरुन्तै स्थानीय बासिन्दा, नगरपालिका प्रमुख तथा सरोकारवालासँग आपत्कालीन बैठक गरेर औषधि छर्कने, बिरामीलाई उपचारका लागि काठमाडौँ पठाउने तथा त्यस रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम अघि सारिएको बताए ।स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसमेत महोत्तरीको बर्दिवास क्षेत्रकै निर्वाचित प्रतिनिधि हुनाले उहाँको समेत निर्देशनमा बर्दिवासमा डेंगु रोगविरुद्ध विशेष कार्यक्रम तुरुन्त सञ्चालन गरिएको स्थानीय बताउँछन् ।तर पनि मात्रै दुई/तीन दिनको अवधिमा ३९ जनामा सो रोग देखिएपछि स्थानीय अझै त्रासमा रहेका छन् । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०५:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८