२८ जेष्ठ २०८०, आईतवार

सोनाक्षी सिन्हाले किनिन् ४-बीएचके अपार्टमेण्ट, अरुसँग कस्तो र कतिको छ ?

२०७७,माघ,२२,बिहीवार १२:३५

0
Shares

काठमाडौं । दबंग एक्ट्रेस सोनाक्षी सिन्हाले हालैमात्र बान्द्रा, मुम्बईमा ४बीएचके अपार्टमेण्ट किनेकी छन् ।

उनी आफू ३० वर्षको हुनु पहिल्यै आफ्नो घर किन्न चाहन्थिन् । तर यसमा केहि ढिला भएको छ । तर नयाँ घर किनेपनि उनी रामायणमा नै आफ्ना प्यारेन्ट्ससँग बस्ने बताएकी छन् ।

आलिया भाट

बलिउड अभिनेत्री आलिया भाटले हालै मात्र आफ्नो दोश्रो घर किनेकी छन् । यो घर उनका ब्वाईफ्रेण्ड रणबीर कपूरको घरबाट नजिक बान्द्रामा छ । उनको घरको मूल्य ३८ करोड रुपैयाँ बताइएको छ ।

उनको घरको इन्टिरियरको काम शाहरुख खानकी वाइफ गौरी खानले गरिरहेकी छन् । यो भन्दा पहिला आलियाको एक फ्ल््याट जूहुमा पनि छ । जहाँ उनी दिदी शाहीन भट्टसँग बस्थिन् ।

जान्हवी कपूर

२०२१ को शुरुवातमा अभिनेत्री जान्हवी कपूरले लग्जरी घर किनिन् । उनको घरको मूल्य ३९ करोड रुपैयाँ छ ।

ज्याकलिन फर्नान्डिज

ज्याकलिन फर्नान्डिजले हालै नयाँ घर किनेकी छन् । यो घर उनको पहलिो घर भन्दा धेरै ठूलो छ ।उनले सोसल मिडिामा घरको फोटो शेयर गरेकी थिइन् ।

यामी गौतम

बलिउड अभिनेत्री यामी गौतमले २०२० मा मुम्बईमा आफ्नो लागि घर किनेकी थिइन् । त्यो घरमा अहिले उनी एक्ले बस्छिन् । त्यहाँ उनका परिवार अब छिटै सर्ने तयारीमा छन् ।

आयुष्मान खुराना

भर्सेटाइल एक्टर आयुष्मान खुरानाले चण्डीगढमा आफ्नो परिवारको लागि नयाँ घर किनेका छन् । उनले यो घर ९ करोडमा किनेका हुन् । उनी श्रीमती ताहिरा, बच्चा, भाइ अपारशक्ति खुराना र उनकी वाईफ र एक्टरका मातापिता सबै बस्छन् ।

विक्रान्त मेस्सी

मिर्जापुर एक्टर विक्रान्त मेस्सीले २०२० को तिहार बेला नयाँ घर किनेका थिए । २०२० मा प्रेमीकासँग विवाहपछि उनले यसको जानकारी दिएका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १२:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । सुदिप्तो सेन निर्देशित फिल्म द केरला स्टोरीले निकै चर्चा कमायो । यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको

जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०