२६ जेष्ठ २०८०, शुक्रवार

गाडी चढेरै र्‍यालीमा पुगे प्रचण्ड

२०७७,माघ,२२,बिहीवार ११:५८

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ ।

आज (बिहिवार) विहानै देखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्राय बनेका छन् । छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् । चारपाङग्रे सवारी साधन भन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । बन्द आव्हानकर्ताहरुले बिहानै देखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन् ।

बन्द सफल पार्न भन्दै शिर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । नेता पुष्पकमल दाहाल नै सडकमा आएका छन् । देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर आमहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए ।

गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बसेका थिए । त्यसपछि उठेर फेरी गाडी चढेर उनी जावलाखेल तर्फ लागेका थिए । गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसँगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरुले विभिन्न स्थानबाट जुलुस सहित प्रदर्शन गरेका थिए । चावहिल चोक बाट बिहान प्रहरीले कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरु नियन्त्रणमा लिएको छ ।
यसै क्रममा प्रहरीले विभिन्न स्थानबाट दर्जनौ बन्द आव्हानकर्ताहरुलाई नियन्त्रणमा लिएको छ ।

हामहड्ताल सफल बनाउन प्रचण्ड माधव पक्षले काठमाडौका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोक को कमाण्डरको जिम्मेवारी दिईएको थियो । उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ११:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन –२०२३ शुक्रबार काठमाडौंमा उद्घाटन गरेका छन् ।

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१