२७ जेष्ठ २०८०, शनिवार

संस्थागत सहकार्यका लागि महासंघ र मिडिया एलाएन्स नेपालबीच सहमती

२०७७,माघ,२२,बिहीवार १२:०१

0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलाएन्सबीच सहकार्य भएको छ ।

बुधवार महासंघ र मिडिया एलाएन्सबीच महासंघ सचिवालयमा दुवै संस्था बीच संस्थागत सहकार्य गर्ने सहमती भएको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र एलाएन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा आएको मिडिया एलाएन्सको प्रतिनिधिमण्डल बीच महासंघ सचिवालयमा भएको छलफलमा दुवै संस्थाबाट ३÷३ जना सदस्य रहने गरी एक कार्यदल गठन गर्ने सहमती पनि भएको छ ।

उक्त कार्यदलले दुवै क्षेत्र अर्थात उद्योग व्यवसाय र मिडिया क्षेत्रका मुल मुद्दाहरूको पहिचान गरी एक अर्कामा सहयोग गर्ने, संस्थागत व्यवसायिक सम्बन्ध विस्तार गर्ने र स्वदेशी मिडियाको प्रवद्र्धन लगायतका विषयमा काम गर्ने छ भने सो सम्बन्धमा दुवै संस्था बीच छिट्टै एक सहमतीपत्रमा हस्ताक्षर गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।

बैठकमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरू र मिडिया एलाएन्सका तर्फबाट उपाध्यक्ष राजु कंडेल, महेन्द्र शेरचन, महासचिव लक्ष्मण हुमागाई, कोषाध्यक्ष उज्ज्वल शर्मा र सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

काठमाडौं । मुलुकको अर्थतन्त्र कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिती

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आपिओ

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०