२६ जेष्ठ २०८०, शुक्रवार

प्रचण्ड-नेपाल पक्षको बन्द, काठमाडौंमा जे देखियो (फोटोहरु हेर्नुहोस्)

२०७७,माघ,२२,बिहीवार ११:५१

0
Shares

काठमाडौं । संसद विघटनविरुद्ध प्रदर्शन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षले आज देशभर आमहड्ताल गरेको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदमकाविरुद्ध आयोजित आमहड्ताल सफल पार्न आह्वान गर्दै बिहीवार बिहानदेखि काठमाडौंको बागबजार, भोटाहिटी, जमल, रत्नपार्क क्षेत्रमा जुलुस जुलुस तथा प्रदर्शन भएका छन् ।

नेकपा प्रवक्ता एवम् आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले बिहानैदेखि ती जुलुसहरुको नेतृत्व गरिरहेका छन् । यस क्षेत्रको प्रदर्शनमा अनेरास्ववियू र मजदुरको टोली खटिएको छ । टोलीमा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ , मजदुर नेता जगत सिंखडा , विद्यार्थी नेता सुरेन्द्र बस्नेत , पञ्चा सिंह , दिपेश पुन , इन्द्र भुषाल , आरती लामा , पवन कार्की लगायतको सहभागिता रहेको छ ।

बिहानै नाराजुलुस गर्ने अनेरास्ववियूका अनेरास्ववियूका पुर्व अध्यक्ष रमेश मल्ल , तिलकराज भण्डारी , रविनजंग बस्नेत , सपिम खरेल सहितको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दका कारण राजधानीमा सार्वजनिक सवारीसाधन छिटपुट रुपमा मात्रै चलेका छन् ।

प्रदर्शनका क्रममा ‘राज्यको ढिकुटी रित्याउन पाइंदैन , सरकारी पञ्चर्याली चाहिँदैन’ , ‘असंवैधानिक कदम खारेज गर’ , ‘असंवैधानिक नियुक्ति खारेज गर’ जस्ता नारा लगाएका थिए ।

राजधानी उपत्यकामा बन्दको प्रभाव खासै नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केही जुलुस भएको स्थानमा सवारी साधनलाई डाइभर्ट गरेर वैकल्पिक बाटो प्रयोग गर्न सुझाइएपनि खासै अवरोध नरहेको जनाएको छ।

फोटोहरु हेर्नुहोस्

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ११:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानु पर्ने, यात्रु चढ्न र ओर्लन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले यसअघि ल्याएको बजेटले देशको समस्या समाधानउन्मुख रहेको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसद बैठकमा मौनधारण गरेका छन् । आगामी आर्थिक बजेटमाथि छलफल भइरहेका बेला

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१