२६ जेष्ठ २०८०, शुक्रवार

पीएसजीसँग निम्स पराजित

२०७७,माघ,२२,बिहीवार १०:५५

0
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित हात पारेको छ । बुधवार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे । खेलको १८ औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

Image

खेलको ३६ औं मिनेटमा सराबियाले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो । त्यसपछि खेलको ६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ । पीएसजी तेस्रो स्थानमा रहेको छ ।

निम्स १५ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३