प्रचण्ड-नेपाल पक्षको आमहड्ताल : पृथ्वी राजमार्ग सुनसान (फोटोमा हेर्नुहोस्)

लोकपथ
0
Shares

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- नेपाल पक्षले आज (बिहिवार) देशभर आमहड्ताल गरेको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आह्वान गरिएको आमहड्ताल सफल बनाउन भन्दै विभिन्न नाराजुलुस सहित आज  बिहानदेखि काठमाडौंको बागबजार, भोटाहिटी, जमल, रत्नपार्क क्षेत्रमा जुलुस तथा प्रदर्शन भए ।

आम हड्तालका कारण काठमाडौं लगायत देशभरका सडकमा छिटपुट रुपमा मात्रै सवारीसाधन देखिन्छन् ।

प्रहरीले काठमाडौंमा बन्दको प्रभाव खासै नपरेको बताएतापनि अति आवश्यक कामका लागि निस्कीएका सर्वसाधारण, विद्यार्थी,बिरामी लगायत हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् ।

केहि ठाउँमा जुलुस निस्किएको कारण अत्यावश्यक सवारी साधन ‘डाइभर्ट’ गरेर वैकल्पिक बाटो प्रयोग गर्न सुझाइएको पनि प्रहरीले जनाएको छ ।

आम हड्तालका कारण काठमाडौंबाट छुट्ने र काठमाडौं आउने सवारी साधन बिहानैबाट चल्न पाएका छैनन् । परिणामस्वरुप चौबिसै घण्टा अति व्यस्त पृथ्वी राजमार्ग सुनसान छ ।

धादिङ धार्केमा यस्तो देखियो बन्द प्रभाव :


तस्वीर : दिनेश आचार्य (धार्के/ धादिङ)

काठमाडौंमा यस्तो देखियो : 

गाडी चढेरै र्‍यालीमा पुगे प्रचण्ड

बन्द सफल पार्न भन्दै शिर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । नेता पुष्पकमल दाहाल नै सडकमा आएका छन् । देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर आमहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए ।

गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बसेका थिए । त्यसपछि उठेर फेरी गाडी चढेर उनी जावलाखेल तर्फ लागेका थिए । गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसँगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

प्रचण्ड-नेपाल समूहको आमहड्तालको प्रभाव नुवाकोटका मुख्यमुख्य शहरहरुमा बिहानैबाट देखिएको छ ।

नुवाकोटमा यस्तो देखियो : 

तस्वीर : रामेश्वर गजुरेल/नुवाकोट

नेकपाको प्रचण्ड–नेपाल पक्षले गरेको आम हड्तालको प्रभाव दाङमा बिहानैदेखि परेको छ ।

दाङमा यस्तो देखियो :

तस्वीर : आकाश भण्डारी/दाङ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?