२६ जेष्ठ २०८०, शुक्रवार

पुनरागमन जितसहित बार्सिलोना ‘कोपा डेल रे’ को सेमिफाइनलमा

२०७७,माघ,२२,बिहीवार १०:३७

0
Shares

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको खेलमा ग्रानडालाई ५-३ गोल अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको ३३ औं मिनेटमा केनेडीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा रोबर्टो सोल्डाडोले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

तर, बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो ।

Image

खेलको ८८ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा जोर्डी अल्बाले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेलको १०० औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए ।

Image

खेलको १०३ औं मिनेटमा घरेलु टोलीका फेडे भीकोले गोल गर्दा खेल ३-३ को स्थितिमा पुगेको थियो । तर, खेलको १०८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४-३ को अग्रता दिलाए ।

त्यसपछि खेलको ११३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-३ को जित दिलाए ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १०:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३