नेकपाका सर्लाही जिल्ला इन्चार्ज वाग्ले मृत भेटिए

सर्लाही । नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत अवस्थामा भेटिएका छन् । मसाल जुलुसबाट फर्कंदै गरेका वाग्ले बुधवार राती ९ बजेतिर बरहथवा नगरपालिका ९ स्थित सोल्टीमोडमा मृत भेटिएका हुन् ।

हेल्मेट लगाएर आफ्नै मोटरसाइकलमा अचेत अवस्थामा भेटिएकाले उनको सवारी दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरका अन्य भागमा कुनै चोट नलागेको प्रहरीले जनाएको छ।

नेकपामा इमान्दार वैचारिक नेताको छवि बनाएका वाग्ले पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?